चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी


काठमाडौँ, ५ चैत । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।

शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले पराजित भएका थिए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदरसमेत भएको छ ।

संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहदैँ आएका छन् ।

उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी निर्वाचित भएका छन् । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । त्यस्तै सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।

सदस्यमा शीतल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरी निर्वाचित भए । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार