जनकपुरधाम ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशव्यापीरुपमा हुँदैछ ।
मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ भने निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिने व्यवस्था रहको छ ।
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैँछ ।
कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन पनि भइसकेका छन् ।
हरेक २÷२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको थिएन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेन ।
विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो\ढिलो हुनसक्ने त्रिवि निर्वाचन अधिकृतले जनाएको छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा भने इलेक्ट्रोनिक्स भोटिङ मेसिनको प्रयोग गर्ने तयारी छ ।
क्याम्पसमा अध्ययनरत्त विद्यार्थीको साझा संस्था स्ववियु हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियु नेतृत्वको हो ।


