काठमाडौँ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच आज शीतल निवासमा भेटघाट हुने भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन् ।


