वर्षालाई जीवनको यादमा ‘हरपल’ सताएपछि…


काठमाडौँ, ४ चैत ।  नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले अहिले सताएको छ ।

गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी नजर आउने छिन् । अरुण तिवारीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको छ ।

गायिका शाक्य अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय रहेकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार