युरोपा लिगः क्वाटरफाइनलमा युनाइटेड सेभियासँग खेल्ने


एजेन्सी, ४ चैत । यूईएफएले युरोपा लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको छ ।

यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कीर्तिमानी विजेता टोली स्पेनिस क्लब सेभियालाई प्रतिद्वन्द्वी पाएको हो ।

युरोपा लिगमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । यता सेभिया युरोपा लिगको सर्वाधिक ६ पटकको विजेता टोली हो ।

त्यस्तै इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग खेल्नेछ ।

उता जर्मन क्लब बायर लिभरकुसेनले युनियन सेन्ट गिलोइसलाई आफ्नो प्रतिद्वन्द्वी पाउँदा फेयेनुर्डले रोमासँग खेल्नेछ । युरोपा लिगको पहिलो लेग अप्रिल १४ मा हुनेछ । त्यस्तै दोस्रो लिग अप्रिल २१ मा सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार