रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी


एजेन्सी, ४ चैत । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको छ ।

आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको संचारसंस्था बीबीसीले जनाएको छ ।

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोपको खण्डनसहित अस्वीकार गर्दै आएको छ ।

पक्राउ पुर्जीबारे बोल्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार