भारतमा सैनिक हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी


एजेन्सी, ३ चैत । भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएपछि सोको खोजी कार्यलाई तिव्र पारिएको छ ।

समाचार एजेन्सी एएनआईलेसेना स्रोतलाई उद्धृत गर्दै यो जनाएको हो ।

सो हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको जनाइएको छ । होलिकोप्टरमा लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार रहेका थिए । खोजी अभियान भने जारी रहेको छ ।

बोमदियालबाट उडेको हेलिकप्टर बिहान करिब साढे ९ बजे एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार