उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा सहभागी नहुने


काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने जनाएको छ ।

यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेनन् ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार