काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन् ।
विश्वासको मतका लागि प्रधानमन्त्री कार्यालयले संसद् सचिवालयमा पत्र पठाइसकेको छ ।
प्रधानमन्त्री प्रचण्डको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ’पत्र प्राप्त भएको छ,उनले भने, ’अब महासचिवले यसमा आवश्यक प्रक्रिया अघि बढाउनुहुन्छ ।’
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।



