सप्तरीमा बुहविवाह गर्ने एक युवक जेल चलान


सप्तरी, २ चैत । जिल्ला अदालत सप्तरीले बुहविवाह गर्ने एक युवकलाई जेल चलान गर्ने फैसला सुनाएको छ ।

जिल्लाको छिन्नमस्ता गाँउपालिका वडा नम्बर–२ वस्ने २४ वर्षीय सुरेन्द्र खंगलाई जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले खंगलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । उनी फैसलादेखि फरार रहेका थिए ।

खोजतलासको क्रमममा खंगलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार