एजेन्सी, २ चैत । अभिनेता शाहरुख खानको ‘जवान’ को काममा ब्यस्त रहेका छन् ।
शाहरुखका फ्यानका लागि ‘जवान’ प्रतिक्षित फिल्म बनेको हो ।
मिडिया रिपोर्टअनुसार फिल्मको रिलिज मिति परिवर्तन भएको छ ।
फिल्म पहिले जुनमा रिलिज गर्ने बताइएको थियो । अहिले फिल्म अक्टुबर आउने भनिएको छ । ‘पठान’ मा एक्सन अवतारमा देखिएका शाहरुख जवानमा रोमान्टिक अवतारमा समेत देखिँदैछन् ।
मिडियासँगको कुराकानी गर्दै अभिनेता शाहरुखले पनि फिल्मको रिलिज डेट परिवर्तन हुन सक्ने बताए ।
उनले ‘जवान’ ठुलो बजेटको फिल्म भएकोले काम पुरा गर्न समय लाग्ने बताए ।
फिल्मका निर्देशक एटली हुन् भने फिल्ममा शाहरुखका अलवा अभिनेत्री नयनतारा, विजय सेतुपति र दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ ।


