चलचित्र कलाकार संघमा अभिनेत्री रेजिनाले गरिन् प्यानल सार्वजनिक


काठमाडौं, १ चैत । अभिनेत्री रेजिना उप्रेतीले चलचित्र कलाकार संघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिँदै पूरै प्यानल सार्वजनिक गरेकी छन् ।

बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले प्यानल सार्वजनिक गरेकी हुन् ।

उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई, सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ, लक्ष्मण चौलागाईं, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल रहेका छन् ।

उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल सार्वजनिक गरेकी हुन् । रेजिनाको ११ बुँदे घोषणा पत्रमा कार्यालय व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेभसाइट ब्याबस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ निर्देशक नारायण पुरी, निर्देशक राजेन्द्र खड्गी, अभिनेता रमेश उप्रेतीलगायत थुप्रै कलाकर्मी उपस्थिति थिए ।

अग्रजलाई सम्मान, समकालीनलाई साथ र नयाँ पुस्तालाई हौसला र माया प्रदान गर्न कलाकार संघमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

संघको महाधिवेशन तथा निर्वाचन आगामी चैत ४ गते आयोजना हुँदै छ । संघको अध्यक्षमा मोहन निरौला पनि उम्मेदवार छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार