पल शाह सार्वजनिक कार्यक्रममा सहभागी


काठमाडौं, १ चैत । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैद बिताएपछि गत १५ फागुनमा उनी निर्दाेष सावित भएका थिए । अहिले पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकोप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् ।

बुधबार साढे १ बजे हेलिकोप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार