अफगानिस्तानको सेनाको संख्या १ लाख ५० हजार पुग्यो


एजेन्सी, १ चैत । अफगानिस्तानको सेनाको संख्या १ लाख ५० हजार पुगेको छ ।

स्थानीय टीभी च्यानल टोलोन्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ ।

प्रवक्ता खावराज्मीले १ लाख ५० हजारको सबल फौज राष्ट्रको सुरक्षा सुनिश्चित गर्न तथा सीमा रक्षा गर्न सक्षम रहेको बताएका छन् । विगतको शासनकालका कर्मचारी पनि राष्ट्रिय सेनाको दर्जामा रहेका उनले बताए । प्रवक्ता खावराज्मीका अनुसार अफगानिस्तानको कामचलाउ सरकारले आफ्ना सबै सुरक्षा संयन्त्रहरू आफ्नै स्रोतसाधनले निर्माण गरेको छ ।

सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएपछि अमेरिका–समर्थित प्रशासनको पतनसँगै सेना र प्रहरीसहितको पूर्व शासनको तीन लाख ५० हजार कर्मचारी रहेको सुरक्षा बल छिन्नभिन्न भएको थियो ।

तालिबान सत्तामा आएपछि तुलनात्मक रूपमा हिंसात्मक घटनामा कमी आएको छ । इस्लामिक स्टेट, नेशनल रेसिस्टेन्स फ्रन्ट र पूर्वसरकारसँग सम्बद्ध समूहले काम चलाउ सरकारलाई सुरक्षा चुनौती थपेका छन् ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार