विप्लव र कर्णजितबीच पार्टी एकता


काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ ।

बुधबार काठमाडौंको प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरी दुबै पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकतासम्बन्धी प्रेस वक्तव्यमा उल्लेख छ,’नेपाल कम्युनिष्ट पार्टी र नेकपा कम्युनिष्ट पार्टी माओवादी समाजवादीको सुस्पष्ट विचार छ कि नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु, नेपाली जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्नुबाहेक हामीसँग कुनै स्वास्थ छैन । हामी हाम्रो लक्ष्य र विचारप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार