कांग्रेसले उपराष्ट्रपतिमा रामसहायलाई मत दिने


काठमाडौं, १ चैत । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको हो ।

संघीय र प्रदेश सांसदलाई उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

साथै बैठकले २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेललाई बधाई दिएको छ ।

उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार