सप्तरीमा जबरजस्ती करणी मुद्दाका एक अभियुक्त जेल चलान


सप्तरी, १ चैत । सप्तरीमा जबरजस्ती करणी मुद्दाका एक अभियुक्त जेल चलान भएका छन् ।

धरौटी रकम बुझाउन नसक्दा शम्भुनाथ नगरपालिका वडा नम्बर–७ बस्ने ५५ वर्षीय राम चलितर भनिने लक्ष्मण पासवान कारागार चलान भएका हुन् ।

सोही ठाउँ बस्ने ५८ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत राजविराजले पासवानलाई करागार चलान गर्ने निर्णय गरेको छ ।

पासवानले ती एकल महिलालाई गाउँदेखि ५ सय मिटर पश्चिम आफ्नो खेतमा तोरी उखेलिरहेको अवस्थामा करणी गरेका थिए ।

करणी मुद्दामा पक्राउ परेका पासवानलाई जिल्ला अदालत राजविराजले ५ लाख रुपैयाँ धरौटी माग गर्दा नदिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिहले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार