श्रीमानले चलाइरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु


सुनसरी, १ चैत । सुनसरीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने चन्द्रकलादेवी राय रहेको प्रहरीले जनाएको छ । को ७ प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर उनी गम्भीर घाइते भएकी थिइन् ।

श्रीमानले चलाइरहेको मोटरसाइकलमा उनी पछाडि सवारी थिइन् । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार