पर्सा, ३० फागुन । पर्सामा टयाक्टरले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको धोविनी गाँउपालिका वडा नम्बर–३ गुलरिया बस्ने ७२ वर्षीया महेसीया देवी हजरा रहेकी छन् ।
पर्साको पटेर्वासुगौली गाँउपालिका–४ स्थित सडकमा मे. १ त ४८१७ नम्बरको टयाक्टरले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । साइकलमा पछाडि सवार महेसीया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकल चालक मृतकका पति प्रसाद हजरा गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
घटना पश्चात टयाक्टर र चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर–२ घर भएका ३२ वर्षीय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।



