सप्तरी, ३० फागुन । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर–३ ट्राफिक चौक बस्ने विरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डल रहेका छन् ।
आफ्नो घर भन्दा ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर हार्दिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर घाइते भएका उनको उपचारको क्रममा युनिक अस्पताल रुपनीमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिहले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसनधान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


