काठमाडौँ, ३० फागुन । नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक गरिएको छ ।
काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।
गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको जनाइएको छ । रमेश प्रसाईंको स्वरमा गीत रहेको छ भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेको हो ।
त्यस्तै कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताए ।
म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रस्तुत गरेका छन् ।


