काठमाडौँ, ३० फागुन । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुने जनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागि रहने छ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुने जनाइएको छ । यसमा दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् भने फाइनल खेल चैत १७ गते हुनेछ ।
त्यस्तै चैत ११ गते भुटान र लाओस भिड्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गरिने जनाइएको छ ।
यस अघि कीर्गिस्तानको यु–२३ टोली सहित नेपालले बंगलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो ।


