एजेन्सी, ३० फागुन । उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी क्षेत्रमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।
चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले उद्धृत गर्दै जनाएका छन् भने यसका साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ ।
पहिरोले नौ वटा घरमा क्षति पुगेको छ । अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसहरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्रता दिए छन् ।



