काठमाडौँ, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन योजनामा रहेको मोआवादीका एक नेताले जानकारी दिए । प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । तर समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि नेपाली कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारीमा रहेका छन् ।



