कैलाली, ३० फागुन । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदाको घोषणा गरेको छ ।
यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपनि संशोधन गर्दै फागुन ३० गते नै सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी (होली)को अन्तिम दिन खखडेहरा पर्व मनाउने गर्छन् । राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व मानिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिदैँ आएको छ ।



