आर्सनलद्वारा फुलहमविरुद्ध ३–० को जित


एजेन्सी, २९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमविरुद्ध ३–० को जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा आर्सनलको जितमा गाब्रियल मागल्हेस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक/एक गोल गरे ।

यो जितपछि शीर्ष स्थानको आर्सनलले ६६ अंक जोडेको छ । म्यानचेस्टर सिटी ६१ अंकका साथ दोस्रो स्थानमा छ । फुलहम ३९ अंकका साथ आठौं स्थानमा छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले १–१ को बराबरी खेल्दा न्यूक्यासलले वुल्भ्सलाई २–१ गोल अन्तरले हरायो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार