काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् ।
पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका सांसद रामसहायप्रसाद यादवलाई समर्थन गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो संघर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् ।
यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।



