इराकमा २२ जना आईएस लडाकुको मृत्यु


एजेन्सी, २९ फागुन । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेतासहित २२ इस्लामिक स्टेटका लडाकु मारिएको इराकी सेनाले दावी गरेको छ ।

इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको जनाएको छ ।

मारिएका लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेको जनाइएको छ । पछिल्लो समय इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्नका लागि अपरेसनसमेत सञ्चालन गरेका छन् ।

सन् २०१७ आईएसको पराजय पछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको जनाइएको छ । तथापि शहरी केन्द्र तथा दुर्गम क्षेत्रहरूमा लुकेर सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएको सिन्ह्वा सञरमाध्यममा जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार