नेटफ्लिक्समा नेपाली फिल्म पनि राख्न आग्रह


काठमाडौँ, २९ फागुन । नेटफ्लिक्समा नेपाली फिल्म पनि राख्न आग्रह गरेका छन् ।

हलिउड स्टुडियो वार्नर ब्रोज र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ४० जनाको टोली यतिबेला नेपाल भ्रमणमा रहदाँ यस्तो आग्रह गरेका हुन् ।

नेपालमा चार दिन बिताएको टोली भ्रमण सकेर आइतबार राति सिंगापुर फर्कंदैछ । नेपालमा रहँदा यो जम्बो टोलीले सगरमाथा आधार शिविर घुमघाम समेत गरेको जनाइएको छ ।

वार्नर ब्रोज र नेटफ्लिक्सका सिंगापुर कार्यालयका प्रमुखहरुसँग एप्पल इन्टरटेनमेन्ट र रेगल सिनेमाजका प्रमुख तथा चलचित्र संघका पूर्वअध्यक्ष नकिम उद्दिनले भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा उद्दिनसहित वार्नर ब्रोजका दक्षिण एसियासहित पूर्वी एसियाली क्षेत्रका अध्यक्ष क्लेमेन्ट्स स्क्वेबिग र नेटफ्लिक्सका सिंगापुरका कार्यकारी अधिकृत टोनी जेमिज्स्कोवी सहभागी थिए ।

भेटवार्तापछि उद्दिनले उक्त टोली घुमघामको उद्देश्यले नेपाल आएपनि आफूहरुले सहकार्यका क्षेत्रबारे छलफल गरेको बताए । उक्त अवसरमा उद्दिनले टोनी र क्लेमेन्ट्सलाई पछिल्लो समय नेपाली फिल्मले देश तथा विदेशमा आकार विस्तार गर्दै गएको भन्दै बुझाएका थिए । उनीहरुले पछिल्लो समय नेटफ्लिक्सले नेपालमा लोकप्रियता पाइरहेको समेत बताएको जनाएका छन् ।

उनले राम्रा नेपाली फिल्मलाई नेटफ्लिक्समा राख्न आग्रहसमेत गरेका बताए । जवाफमा प्रमुख कार्यकारी अधिकृत टोनीले भारतमार्फत आउन सुझाव दिएका थिए ।

हलिउड स्टुडियो वार्नर ब्रोजको फिल्म वितरण एप्पल इन्टरटेनमेन्टले नेपालमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार