कङ्गोमा विद्रोही समूहले गरेको आक्रमणमा १९ जनाको मृत्यु


एजेन्सी, २८ फागुन । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले शनिबार राति गरेको आक्रमणमा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले बताएका हुन् ।

एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् ।

दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।

–सिन्ह्वा

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार