काठमाडौं, २८ फागुन । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘रुँदै हिँड्नु पर्छ’ सार्वजनिक भएको छ । गीतमा उनीसँगै सुवास खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ ।
सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन् । सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ ।
विशाल घिमिरे निर्देशित गीतको भिडियोमा सारिका केसी र दिनेश पुरीले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् ।


