गुणस्तरीय शिक्षा राज्यको प्राथमिकतामा हुनुपर्नेमा जोड


काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छन् ।

आइतबार काठमाडौंको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको जानकारी दिँदै यस विद्यालयका बालबालिकाका अभिभावक, कर्मचारी, युलेन्स फान्डेसनलगायत सबैको मिहिनेतले यो दोस्रो युनिट बाँसबारीमा सुरु गर्न लागिएको बताइन् ।

बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ कक्षासम्मको पठनपाठन यसै शैक्षिकसत्रदेखि सञ्चालन गर्ने भएको जानकारी पनि सोही अवसरमा दिइएको थियो । सो कार्यक्रममा चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार