राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले परित्याग गरे कांग्रेस


काठमाडौं, २८ फागुन । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् ।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनुअघि आइतबार कांग्रेस परित्याग गरेका हुन् ।

आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार