प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ


जनकपुरधाम, २८ फागुन । धनुषा प्रहरीले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरूमध्ये थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह महतो रहेका छन् ।

गत माघ १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ४ जना पक्राउ परिसकेका छन् ।

फरार रहेका थप दुईजना मध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ ईनर्वास्थित भन्सार हुँदै भारत तर्फ भाग्ने क्रममा महतोलाई पक्राउ गरेको डीएसपी गौतमले बताए ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार