सिन्धुली, २८ फागुन । सिन्धुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।ओखलढुङ्गाबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।
घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ ।
बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



