जनकपुरधाम, २८ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेशको दोस्रो अधिबेशनबाट पुनः भुपनारायण अधिकारी नै अध्यक्षमा चयन भएको छ ।
सर्लाहीको लालबन्दी स्थित जनज्योति मावि लालबन्दीमा निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा अधिकारीलाई चयन गर्दै ५१ सदस्यीय समिति गठन गरिएको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजविर महतो, उपाध्यक्षत्रय माला देवि जैसवाल, बिनोद साह, रघुनन्दन राय, महासचिवमा गुलाव यादव, अर्थ महासचिवमा लक्ष्मी हाई, उपमहासचिव रामेन्द्र यादव, अर्थ उपमहासचिवमा शिवचन्द्र मण्डल र सचिवमा अर्जुन थापा, मनोज खनाल, श्रीकुमार स्याङ्तान र दिनेश पराजुली रहेका छन् ।


