मुम्बई, २८ फागुन । अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त छन् । होलीको अवसर पारेर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् ।
फिल्मका निर्देशक लव रञ्जन हुन् । फिल्मले राम्रो व्यवसाय गरिरहेको बताइन्छ ।
त्यसपछि अभिनेता अयान मुखर्जी र सन्दीप रेड्डी वांगाको फिल्ममा उनी देखिने छन् । फिल्म प्रमोसनको क्रममा रणवीरले ‘ब्रह्मास्त्र’को सिक्वेल समेत बन्ने बताएका छन् । वर्ष २०२३ को अन्त्यसम्म फिल्मको काम सुरु हुने उनले खुलासा गरेका हुन् ।
रणवीरले मिडियासँगको कुराकानीका क्रममा भने, ‘हामी ‘ब्रह्मास्त्र’ २ र ३ बनाउने तयारीमा छौँ । निर्देशक अयान मुखर्जी हाल फिल्मको लेखनमा छन् र आशा छ कि हामी यो वर्षको अन्त्य वा अर्को वर्षबाट फिल्ममा काम सुरु गर्नेछौँ । ‘ब्रह्मास्त्र’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । यस फिल्ममा रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा थिए । एजेन्सी



