एजेन्सी, २८ फागुन । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले स्पानयो विरुद्ध ३–१ को पुनरागमन जित निकाल्न सफल भएको छ ।
रियलको मैदानमा भएको खेलमा जोसेलुले आठौं मिनेटमा गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए भने २२औं मिनेटमा भिनिसियल जुनियरलले गोल गर्दै रियलका लागि बराबरी गरे ।
३९औं मिनेटमा एडर मिलिटाओले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । मार्को असेन्सिओले इन्जुरी टाइममा गोल गर्दै रियलले ३–१ को जित दिलाए ।
जितपछि रियलले २५ खेलबाट ५६ अंङ्क जोडेको छ । रियल अझै शीर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंङ्कले पछि परेको छ भने स्पानयोल २५ खेलबाट २७ अंकसहित १४औं स्थानमा रहेको छ ।


