वडाध्यक्ष चौधरीविरुद्ध वन ऐनअन्तर्गत मुद्धा दर्ता गरिने


बारा, २७ फागुन । बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरीविरुद्ध वन ऐन २०७६ अन्र्तगत मुद्धा दर्ता गरिने भएको छ ।

डिभिजन वन कार्यालय बाराले उनीविरुद्ध वन ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरेको हो ।

उनलाई शनिबार प्रमुख वन अधिकृत विनोद कुमार सिंहलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमिनको विषयमा छलफल भइरहँदा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।

डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रको अतिक्रमण हटाएर गरिएको वृक्षारोपण मास्ने कार्यमा वडा अध्यक्ष चौधरीको समेत संलग्नता देखिएको दावी गरेको छ ।

फागुन २३ गते उछृंखल प्रवृत्तिका केही व्यक्तिले कोल्हबी–५ को ५.३९ हेक्टर जमिनमा लगाइएको ८ हजार ५ सय ५० वटा विरुवा काट्नुको र त्यसको संरक्षणका लागि गरिएको तारबार समेत भत्काएका थिए । त्यसको नेतृत्व वडा अध्यक्ष चौधरीले नै गरेको दावी वन कार्यालयको छ ।

घटनाको अनुसन्धानका लागि वन कार्यालयले अनुसन्धान अधिकृत तोकिसकेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा वडा अध्यक्ष चौधरी समेतको संलग्नतामा विरुवा नष्ट गरिएकोले वनसम्बन्धी कसुरमा मुद्धा चलाईने प्रमुख वन अधिकृत सिंहले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार