आरआर क्याम्पसमा विद्यार्थीहरूबीच खुकुरी हानाहान


काठमाडौं, २७ फागुन । काठमाडौंको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थीहरूबीच खुकुरी हानाहान भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी र एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूबीच खुकुरी हानाहान भएको बताइएको छ ।

उक्त घटनामा विद्यार्थीहरू राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएको बताइएको छ । झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार