उपराष्ट्रपतिका लागि जसपाबाट दुईजनाको उम्मेदवारी


काठमाडौं, २७ फागुन । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट दुईजनाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपतिका लागि जसपाबाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रियसभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।

यसअघि सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय उनले यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार