एजेन्सी, २७ फागुन । चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि बनेका छन् ।
उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट सर्वसम्मतिरुपमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
राष्ट्रपति सीविरुद्धमा कोही प्रतिस्पर्धी नै थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा निर्वाचित भएका छन् भने झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।



