काठमाडौं, २६ फागुन । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरेको छ ।
गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचैजना डीआईजीलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।


