काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रका एक नेताले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताएका हुन् ।
उनले भने, ‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ ।’
गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति समेत नभएको बताए ।


