जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा ७ जनाको मृत्यु


एजेन्सी, २६ फागुन । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर ७ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ ।

बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात् गोली चलेको थियो ।

जर्मनीका स्थानीय सञ्चारमाध्यमले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि ६ जनाको मृत्यु भएको जनाएका थिए । तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको मृत्यु भएको जनाएको हो ।

गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ । उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार