इरानद्वारा चार देशको संयुक्त बैठकको स्वागत


एजेन्सी, २६ फागुन । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ ।

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरूको सो संयुक्त बैठकको स्वागत गरेका हुन् ।

यी चार देशका उपविदेशमन्त्रीहरूको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरूमा छलफल हुने बताइएको छ ।

रुस र युक्रेनका बीचमा जारी रहेको युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ ।

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थतिका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार