मछिन्द्रको लगातार दोस्रो हार, आर्मी २–० ले विजयी


काठमाडौं, २५ फागुन । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ‘ए’ डिभिजन लिगको जारी सिजनमा सुरुमै लगातार दुई हार बेहोरेको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २–० ले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३–१ ले पराजित भएको थियो । आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

आर्मीका लागि दिपक गुरुङले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । नवयुग श्रेष्ठले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितपछि दुई खेलबाट आर्मीले ४ अंक जोडेको छ । लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्र भने लगातार दुई हारपछि अंकबिहीन छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार