काठमाडौं, २५ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीलाई २–० ले हराउँदै सिजनको दोस्रो जित निकालेको हो ।
जावलाखेलका लागि कप्तान सिमान्त थापाले ६८औं र फोडे फोफानाले ७७औं मिनेटमा गोल गरे । एनआरटीका लागि सन्जिव विष्टले ८०औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग उही नतिजामा पराजित भएको एनआरटी लगातार दोस्रो हारपछि अंकबिहीन छ ।
पहिलो खेलमा मछिन्द्रलाई हराएको जावलाखेलको भने ६ अंक भएको छ ।



