चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता


काठमाडौं, २५ फागुन । आगामी १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ । १० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरुले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार