जसपाबाट रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने


काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपालले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रामसहाय हाल जसपाको संसदीय दलका नेता छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार